काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ थियो ।
यता चाँदी पनि २५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ थियो ।



