काठमाडौं । काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-५ बस्ने काठमाडौं महानगरपालिका-१५ घर भएका ४१ वर्षीय राज कुमार विडारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।



