RE
Global College

नरसिंहचोकस्थित असन काठमाडौंमा गुठीको जग्गा अतिक्रमण, १५ दिनभित्र खाली गर्न प्रशासनको सूचना

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नरसिंहचोकस्थित असन अत्यन्तै माइस्थान गुठीको नाममा रहेको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ दिने सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार नक्सा सिट नं. १०२–१०२३–०६ को कित्ता नं. ३६ र नक्सा सिट नं. १०२–१०२३–१९ को कित्ता नं. १६ गरी क्रमशः ३१९.८० र ५२.८० वर्गमिटर क्षेत्रफलको जग्गा गुठीको श्रेस्तामा रहेको छ।

उक्त जग्गा अतिक्रमण गरी व्यक्तिगत संरचना निर्माण गरिएको भन्ने उजुरीपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा नापी कार्यालय डिल्लीबजार तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिसहित अनुगमन तथा निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा देवेन्द्र सुव्वा, धीरेन्द्र प्रधान र चिरञ्जीवी देवकोटासहितका व्यक्तिहरूले जग्गामा पर्खाल लगाएर भोगचलन गरेको देखिएको प्रशासनले जनाएको छ।

यसअघि पनि उक्त जग्गा खाली गराउन गुठी संस्थानलाई पत्राचार गरिएको भए पनि हालसम्म जग्गा खाली नभएकाले भोगचलन गर्ने व्यक्तिहरूका नाममा १५ दिने सूचना जारी गरिएको हो।

प्रशासनले तोकिएको समयावधिभित्र अतिक्रमित जग्गा खाली नगरे प्रचलित कानुनबमोजिम जग्गा खाली गराई सार्वजनिक प्रयोगमा ल्याइने जनाएको छ।

Leave Your Comment

Related News