RE
Global College

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैकका संस्थापक सेयरधनी दिवाकर कुचेरियाको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको जनाएको छ । उक्त सेयर हाल बैंकका संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको बैंकले जनाएको छ । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिनु पर्ने छ ।

तोकिएको समयावधि भित्र बिद्यमान संस्थापकहरुबाट सेयर खरीद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाईने जनाएको छ ।

Leave Your Comment

Related News