काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ५ सय रुपैयाँ नै थियो ।
यता चाँदी भने १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँ थियो ।





