काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत खड्गीले राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
खड्गीले सोमबार मात्रै सभापति पदमा उम्मेदवारीको घोषणा गरेका थिए ।





