काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि ७ हजार २५५ जना पुगेका छन् ।
निर्वाचन समितिले निकालेको अन्तिम नामावलीमा ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि रहेको उल्लेख छ। बिहान निर्वाचन आयोगले ७ हजार ११४ जना मतदाताको नाम सार्वजनिक गरेको थियो ।



