RE
Global College

प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी नवराज अधिकारीको नाममा रहेको १३ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

अधिकारीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएअनुसार सो उक्त सेयर बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । संस्थापक सेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिनु पर्ने भएकाले हाल उक्त सेयर विद्यमान सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

सो सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । कम्पनीले तोकिएको यस समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने जनाएको छ ।

NECO

Leave Your Comment

Related News