काठमाडौं । जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति र महिला उपसभापतिमा क्रमशः विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। गत १८ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन भएको नेपाली कांग्रेसको महाधिवेशनमा ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन्।
जारी महाधिवेशनमा हिजो अर्थात् २० असोजमा निर्वाचन आयोगले तोकेको समयसीमाभित्र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र मनोनयन दर्ता भएपछि नेपाली कांग्रेसका दुई उपसभापति निर्विरोध निर्वाचित भएका हुन्। नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको राजनीतिक प्रस्ताव, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्रीको विधान संशोधन प्रस्ताव र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रस्तावमाथि बन्दसत्रमा छलफल जारी छ। यी प्रस्तावहरूमाथि आज सभापतिले सम्बोधन गरेपछि पारित हुनेछन्, त्यसपश्चात् नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ।
नेपाली कांग्रेसको सभापति पदमा ३ जनाले प्रतिस्पर्धा गर्न लागेका छन्। सभापतिमा हालका सभापति गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, हालका प्रवक्ता देवराज चालिसे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ र गोविन्द भट्टराईले प्रतिस्पर्धा गर्न लागेका छन्।
उपसभापति (समावेशी) मा व्यवसायी विनोद चौधरी, हालका सहमहामन्त्री फरमुल्लाह मन्सुर, जीवन परियार, नेविसंघका पूर्वसभापति रञ्जित कर्ण र सीता गुरुङले प्रतिस्पर्धा गर्न लागेका हुन्। महामन्त्री पदमा भने हालका द्वय महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेलसहित ८ जनाले प्रतिस्पर्धा गर्न लागेका छन्।
सभापति
१. गगनकुमार थापा
२. किशोरसिंह राठौर
३. श्यामकृष्ण खड्गी
वरिष्ठ उपसभापति
१. विश्वप्रकाश शर्मा
उपसभापति महिला
१. पुष्पा भुसाल
उपसभापति खुला
१. डा. चन्द्रकान्त भण्डारी
२. देवराज चालिसे
३. सुरेन्द्रराज पाण्डे
४. मधु आचार्य
५. डा. मिनेन्द्र रिजाल
६. दीपक गिरी
७. धनराज गुरुङ
८. गोविन्द भट्टराई
९. डा. चन्द्रमोहन यादव
उपसभापति समावेशी
१. विनोद चौधरी
२. फरमुल्लाह मन्सुर
३. जीवन परियार
४. रञ्जित कर्ण
५. सीता गुरुङ
महामन्त्री खुला
१. प्रदीप पौडेल
२. गुरुराज घिमिरे
३. उदयशमशेर राणा
४. अमरसिंह पुन
५. नैनसिंह महर
६. शंकर तिवारी
७. डा. सुनील शर्मा
८. डा. सन्तोष उपाध्याय
महामन्त्री महिला
१. डिला संग्रौला
२. रिता खनाल
३. महालक्ष्मी उपाध्याय ‘डिना’
सहमहामन्त्री महिला
१. नानुमैया बास्तोला
२. प्रतिमा गौतम
सहमहामन्त्री खुला
१. अजयबाबु शिवाकोटी
२. अमृतकुमार अर्याल
३. देवेन्द्रराज कण्डेल
४. दिनेश कोइराला
५. डिल्लीराम सुवेदी
६. विकास कोइराला
७. विमलराज क्षेत्री
८. रमेशप्रसाद धमला
९. रामहरि खतिवडा
१०. राजीव ढुंगाना
सहमहामन्त्री आदिवासी जनजाति
१. ओमबहादुर घर्ती मगर
२. तारामान गुरुङ
३. दिलमान पाख्रिन
४. प्रशान्तमानसिंह मास्के
५. बहादुरसिंह लामा तामाङ
सहमहामन्त्री दलित
१. नरेन्द्र पासवान
२. प्रकाश रसाइली ‘स्नेही’
३. मानबहादुर नेपाली
४. लक्ष्मी परियार
सहमहामन्त्री मधेसी
१. अजयकुमार चौरसिया
२. अभिषेकप्रताप शाह
३. किरण यादव
४. नगिना यादव
५. मनिषकुमार मिश्र
६. महेन्द्र यादव
७. मुक्ता कुमारी यादव
८. रामपल्टन शाह
सहमहामन्त्री खसआर्य
१. जगदिश्वर नरसिंह केसी
२. मनोजमणि आचार्य
३. शुभराम बस्नेत
सहमहामन्त्री थारू
१. तेजुलाल चौधरी
२. योगेन्द्र चौधरी
३. सुरेन्द्रप्रसाद चौधरी
सहमहामन्त्री मुस्लिम
१. अतहर कमाल मुसलमान
२. अब्दुल सत्तार
३. डा. मो. फिरदौश आलम
सहमहामन्त्री पिछडिएको क्षेत्र
१. जीवनबहादुर शाही
२. कर्णबहादुर बुढा
३. जनकराज गिरी
४. रामबहादुर बिष्ट
५. नारायणप्रसाद भट्टराई
६. मिनबहादुर भाम
७. राजन कुँवर
सहमहामन्त्री अल्पसंख्यक वा अपाङ्गता
१. आङगेलु शेर्पा
२. नगेन्द्रकुमार कुमाल
३. बाबुकृष्ण सापकोटा
४. योगेश गौचन थकाली





