RE
Global College

बेनी-जोमसोम-कोरला सडक: आगामी सोमबारसम्ममा यातायात सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न ठाउँमा खसेको पहिरोले अवरुद्ध भएको बेनी-जोमसोम-कोरला सडक खण्ड खुलाउने काम अन्तिम चरणमा पुगेको छ। ५० भन्दा बढी स्थानमा पहिरो जाँदा पूर्ण रूपमा ठप्प बनेको उक्त सडकका अधिकांश क्षेत्रमा पहिरो पन्छाएर ट्रयाक खोल्ने कार्य सम्पन्न भइसकेको छ।

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका-२ कुनौटा बाहेक अन्य सबै स्थानमा यातायात सञ्चालन गर्न सकिने गरी ट्रयाक खुलाइएको छ।

सडक आयोजनाका अनुसार पोखरेबगर क्षेत्रमा ग्याबियन टो-वाल  निर्माण गरी माटो भर्ने काम तीव्र गतिमा भइरहेको छ भने कुनौटामा एक्साभेटर प्रयोग गरेर नयाँ ट्रयाक खोल्ने कार्य जारी छ।

बाँकी रहेका दुवै स्थानको अवरोध हटाई आगामी सोमबारसम्ममा सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्यका साथ सडक स्तरोन्नति र मर्मतको काम अगाडि बढाइएको छ।

NECO

Leave Your Comment

Related News