RE
Global College

उत्पादन र प्रशोधन समूहले घटायो शेयर बजार, करिब ६१ करोडले बढ्यो कारोबार

काठमाडौं । मंगलबार बढेको शेयर बजार बुधबार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स ०.६३ अंकले घटेर ४६१.२२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.२ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.१९ अंकले घटेको हो ।
बुधबार ३५९ वटा कम्पनीको १ करोड ३ लाख ६८८ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ७४ करोड ८० लाख पुगेको छ । जुन मंगलबारको तुलनामा ६० करोड ९९ लाखले कारोबार रकम बढी हो ।
मंगलबार कारोबार रकम भने ३ अर्ब १३ करोड ८१ लाख रहेको थियो । यसदिन ३५९ वटा कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता शेयर ४१ हजार ६०७ पटक खरिद बिक्री हुँदा उक्त करोबार रकम पुगेको थियो ।

यसदिन सबै १ वटा उपसमूह बढ्दा १२ वटा उपसमूह घटेको छ । बैंकिङ १ अंकले बढ्दा विकास बैंक ४, वित्त २, होटल र पर्यटन ४, जलविद्युत १, लगानी ०.५१, जीवन बीमा ३५, उत्पादन र प्रशोधन ७८, लघुवित्त १८, म्युअुचल फण्ड ०.०३, निर्जिवन बीमा ५७, व्यापार ४५ र अन्य समूह ७ अंकले घटेको हो ।
यसदिन १०० वटा कम्पनीको शेयर मूल्य बढ्दा १६७ वटा कम्पनीको शेयर मूल्य घटेको भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बुधबार सबैभन्दा धेरै गल्मेदी लविद्युत कम्पनीका शेयरधनीले कमाएका छन् । आज गल्मेदी जलविद्युतको ६ प्रतिशतका दरले कमाएका हुन् । त्यसपछि क्रमशः एनआइसी एशिया ब्यालेन्स फण्डको ६ प्रतिशत, इङवा हाइड्रोको ५ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसैगरी बुधबार ग्लोबाल आइएमइ समन्ुनत योजना २ को ५ प्रतिशत, सिद्र्धाथ डिबेन्चर २०८९ को ४ प्रतिशत र मेगा म्युअुचल फण्ड १ को ४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

NECO

Leave Your Comment

Related News