काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको घरमा छापा मारेको छ। बुधबार जबरासहित उनीसँग जोडिएका व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको छ।
पूर्वप्रधानन्यायाधीश राणासँग जोडिएका अन्य केही व्यक्तिको घरमा समेत छापा मारिएको छ । पूर्वप्रधानन्यायाधीश राणा , उनीसँग निकट रहेका व्यक्तिहरु र
घरका सहयोगी समेत अब अनुसन्धानको दायरामा आउँछन्। अहिले जबराको घर, उनका आफन्तको घरमा पनि अनुसन्धान टोली पुगेको छ। प्रमाणहरु बरामद गर्ने काम गरिएको छ । र जबराको सम्पत्ति र बैंक खाता रोक्काका लागि पनि तत्काल पत्राचार गर्नेछौं,’ प्रहरीका एक अधिकारीले भने ।
भदौ १० गते राति जबरालाई पक्राउ गरेर प्रहरी कार्यालय लगिएको थियो। १२ घण्टा प्रहरी कार्यालयमा राखेर उनलाई रिहा गरिएको थियो। तर त्यो बिचमा उनको मोवाइल समेत प्रहरीले नियन्त्रणमा लिएर १२ घण्टापछि फिर्ता गरेको थियो।
झापाका इनम सापकोटा अहिले पनि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनीमार्फत व्यवसायी दीपक भट्टलाई छुटाउन समेत उनले चलखेल गरेको प्रमाण फेला परेको प्रहरी स्रोतको दाबी छ।
सोही कारण दीपक भट्टलाई ललितपुरको नक्खु कारागारबाट सरुवा गरेर सिन्धुपाल्चोक पु¥याइएको छ। यता जबरामाथीको अनुसन्धान भने अगाडि बढेको छ ।
जबरालाई पक्राउ नगरे पनि उनीसँगै उनीसँग निकट मानिएका व्यक्तिहरु माथि अनुसन्धान अगाडि बढाउने प्रधानमन्त्री कार्यालयले विभागलाई निर्देशन दिएको बताइएको छ। जबरा जोडिएका भन्दै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशी दाहाललाई सोमबार निलम्बन गरिएको छ। दाहालमाथी जाँचबुझ गरेर बिहीबारसम्ममा प्रतिवेदन बुझाउन भनिएको छ।




