काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले २ लाख ३१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका दुई जना संस्थापकको नाममा रहेको २ लाख ३१ हजार ४०३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
फाइनान्सका संस्थापक सेयरधनी विजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता तथा मिरा अग्रवालको स्वामित्वमा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयर संस्थामा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नियमानुसार खरिद गर्न प्रति कित्ता मूल्य समेत उल्लेख गरी निवेदन दिनु पर्ने छ ।
तोकिएको म्यादभित्र कुनैपनि संस्थापक सेयरधनीहरुबाट संस्थापक सेयर खरिदका लागि कुनै निवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकवाट जारी निर्देशनको अधिनमा रही प्रचलित कानून वमोजिम अन्य इच्छुक वाह्य खरिदकर्ताहरुलाई उक्त सेयरहरु बिक्रीको प्रकृया अगाडि बढाइने कम्पनीले जनाएको छ ।




