RE
Global College

रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली असोज २३ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

रिज लाइन इनर्जीले हाल कायम चुक्तापुँजीको १२ करोड ४७ लाख ३६ हजार ८४२.११ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश पारित गर्न कम्पनीले आउँदो कात्तिक १७ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सोही सभाले लाभांश पारित गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।

NECO

Leave Your Comment

Related News