RE
Global College

नेप्से र कारोबार रकम दुबै सामान्य बढ्याे

काठमाडौं । विहीबार  नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम १ अर्ब ८२ करोड रुपैयाँले बढेको छ। बुधबार कारोबार रकम ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक बढेको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ ०.१९ प्रतिशत ,विकास बैंक ०.०६, जलविद्युत ०.१८, लगानि ०.१५, उत्पादन र प्रशोधन ०.०७, म्युअुचल फण्ड ०.२६, निर्जीवन बीमा ०.१७, व्यापार समूह ०.४३ प्रतिशत बढेको छ ।  वित्त ०.०२ प्रतिशत होटल्स तथा पर्यटन समूह ०.३९, जीवन बीमा ०.०९ लघुवित्त ०.०२,अन्य समूह ०.४४ प्रतिशतले घटेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर यस दिन १५ प्रतिशतले बढेको छ । कम्पनीले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यस तर्फ आकर्षित भएका हुन्। त्यस्तै, यस दिन स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएको आरबिबि म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि घलेम्दी हाइड्रो पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

NECO

Leave Your Comment

Related News