काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि १८ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा बालनट बिस्ट्रो दोचा मार्ग, पानीपोखरी, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले संचालक समितको तर्फबाट पेश गरेको आ. व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ. व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने छ । त्यस्तै लेखा परीक्षण समितको सिफारिस बमोजिम आ. व. २०८३ /८४ को लागी लेखा परीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने, संचालकहरूको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै वार्षिक साधारण सभाको माईन्यूटमा हस्ताक्षर गर्ने प्रतिनिधिको नियुक्ति गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्ने छ । साधारण सभा प्रयोजनका लागि कम्पनीको कात्तिक १० गते एक दिन सेयर दाखिला पुस्तिका (बुक क्लोज) गर्ने जनाएको छ । यो अनुसार कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम भएका सेयरधनीहरूले उक्त साधारण सभामा भाग लिन मतदान गर्न पाउनेछन् ।




