काठमाडौं ।अनलाईन (जुवा) सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-३ घर भएका २२ वर्षीय बिक्की कुमार महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले वानएक्स वेट र Mobcash Applicatin बाट सट्टाबाजी गरेको/गराएको साथै USDT लगायत अभौतिक मुद्दा (Crypto Currency) को कारोबार गरी हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रूपैयाँ ९१ पैसा भन्दा बढी कारोबार गरेको खुल्न आएको छ ।
उनी उपर अभौतिक मुद्रा र सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




