काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५३ वटा कम्पनीको १ करोड २८ लाख ७६ हजार ७९६ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम ८६ करोड रुपैयाँले बढेको छ। विहीबार कारोबार रकम ३ अर्ब ९३ करोड रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।
यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ १.२८ प्रतिशतले,विकास बैंक ०.६१, वित्त ०.३३, होटल्स तथा पर्यटन समूह ०.९०, जलविद्युत ०.७४, लगानी ०.१६, जीवन बीमा ०.४४, उत्पादन र प्रशोधन ०.३७, लघुवित्त ०.१७, म्युअुचल फण्ड ०.४० निर्जीवन बीमा ०.१८, अन्य समूह ०.२८ र व्यापार समूह ०.३७ प्रतिशतले बढेका छन्।
यस दिन मूल्य बढेका स्टकहरुको वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ४.९१ प्रतिशत बढेको छ। त्यस्तै, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक पहिलो स्थानमा रहेको छ। सो बैंकको यस दिन २१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिष्टिलरीको करिब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।




