काठमाडौं । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न शुक्रबार साँझदेखि अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारी आवागमन रोकिएको हो।
कार्यालयले सूचना जारी गर्दै उक्त सडकखण्ड भएर सञ्चालन हुने सबै सवारीसाधनको आवागमन बन्द गरिएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालन गर्न नपाइने जानकारी दिएका छन्।
सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन प्रभावित भएका छन्।




