काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाएको छ ।
गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गरेको गृहले जनाएको छ ।
सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यसकै आधारमा बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले एक विज्ञप्ति जारी गर्दै आजैबाट सेवाबाट हटाइएको जनाएका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार, निलम्बनमा परेका एआईजी दाहाल र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको थियो । एआईजी दाहालले सापकोटाको ह्वाट्सएपमा प्रधानमन्त्री वालेन शाह (बालेन)को मुभमेन्टबारेको सूचना दिएको खुलेको छ ।
यस्तो छ विज्ञप्ति





