RE
Global College

अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौं । रातभरिको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

सडक विभागका अनुसार राजमार्गको निर्माणाधीन खण्डअन्तर्गत मङ्गलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ नार्के र पिनथलीको बीचमा लेदो खसेर सडक अवरुद्ध भएको थियो ।

वर्षाका कारण सडकमा थुप्रिएको लेदो पन्छाएपछि रोकिएका सवारी साधनहरू सञ्चालनमा आएका छन् । सडक खुला भएसँगै रोकिएका यात्रु तथा सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेको विभागले जनाएको छ ।

NECO

Leave Your Comment

Related News