RE
Global College

नेपाली सेनाद्वारा ६ जनाको कुशल हवाई उद्धार, ‘कमपोजिट क्विक रियाक्सन टिम’ परिचालन

काठमाडौं । गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा खोजी कार्यका लागि खटिएको छ।

आइतबार बिहान करिब ४:३० बजे चुमनुब्री गाउँपालिका-३ स्थित फिलिममा पहिरोले थुनिएको बूढीगण्डकी नदी फुटेपछि लेदो र गेग्रानसहितको भीषण बाढी तटीय क्षेत्रमा पसेको थियो। बाढीले क्षति पुर्‍याएको खबर प्राप्त हुनासाथ सेनाको उद्धार टोली हवाई तथा स्थलमार्गबाट प्रभावित स्थलतर्फ परिचालन भएको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार टोलीले क्षेत्रको वस्तुस्थिति अवलोकन (रेकी) गर्नुका साथै पहिरोको उच्च जोखिममा परेको चुमनुब्रीको जगत् गाउँबाट ६ जना स्थानीयवासीको हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरेको छ।

काठमाडौँबाट सेनाको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्ग भई प्रभावित क्षेत्रमा तैनाथ भइसकेको छ। सेनाको टोलीले नदी तटीय तथा आसपासका जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान र उच्च सतर्कता अपनाउन निरन्तर माइकिङ एवं आग्रह गरिरहेको छ।

NECO

Leave Your Comment

Related News