RE
Global College

२० शहरमा एकैसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ अनावरण

काठमाडौं ।नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकैसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’को उपलब्धता आधिकारिक रूपमा विस्तार गरेको छ ।काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपाछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरूममा पुगेको हो ।

राइडर तथा उत्साहीहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र सिधै बुकिङ गर्न सक्नेछन् ।

यामाहाको मूल मर्म ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’लाई आत्मसात् गरेको एक्सएसआर १५५ ले मौलिक रेट्रो स्टाइल र आधुनिक प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्दछ ।

यसमा भीभीए प्रविधिको १५५ सिसी लिकुइड–कुल्ड इन्जिन र ६–स्पीड गियर ट्रान्समिसन रहेको छ, जसले दैनिक यात्रा तथा हाइवे राइडमा सेगमेन्टमै उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्दछ ।

हाल उपलब्ध रंगहरू ब्ल्याक, ग्रे, रेडका साथै लाइनअपमा थप स्टाइलका विकल्पको ग्राहक मागलाई सम्बोधन गर्दै यामाहाले यो नयाँ ब्लु विकल्प बजारमा ल्याएको हो ।

null

५ लाख ३४ हजार ९०० मूल्य तोकिएको यो नयाँ भेरिएन्ट थप किफायती समेत भएकाले धेरैभन्दा धेरै राइडरलाई मौलिक नियो–रेट्रो मोटरसाइकल खरिद गर्न सहज बनाउनेछ ।

क्षेत्रीय विस्तारका अवसरमा बोल्दै एमएडब्लू राइडस प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘हामीले एक्सएसआर १५५ मा निकै सकारात्मक प्रतिक्रिया पाएका छौं र राइडरहरूले थप नयाँ रंगका विकल्पहरूको स्पष्ट माग गरिरहनुभएको थियो । ब्लु एक्सएसआरलाई क्षेत्रीय बजारहरूमा प्रत्यक्ष रूपमा पुर्‍याउनु हाम्रो लागि एउटा महत्त्वपूर्ण कदम हो । क्षेत्रीय ग्राहक हाम्रो बढ्दो एक्सएसआर समुदायको प्रमुख हिस्सा हुन् र हामी उनीहरूमाझ थप विकल्प तथा उत्कृष्ट अनुभव सिधै पुर्‍याउन प्रतिबद्ध छौं ।’

यो क्षेत्रीय विस्तारको उद्देश्य स्थानीय राइडरसँग यामाहाको सम्बन्ध अझ प्रगाढ बनाउनु र देशव्यापी रूपमा एक्सएसआर प्रयोगकर्ताको समुदायलाई थप विस्तार गर्नु पनि हो ।

ब्लु यामाहा एक्सएसआर १५५ का लागि टेस्ट राइड तथा बुकिङ हाल देशव्यापी क्षेत्रीय शहरमा रहेका आधिकारिक यामाहा डिलरशिपमा खुला गरिएको छ ।

एमएडब्लु राइड्स प्रालि नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हो, जसले देशभर विश्वस्तरीय मोबिलिटी, प्राविधिक नवीनता र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

NECO

Leave Your Comment

Related News