RE
Global College

बुढीगण्डकी बाढी: नेपाली सेनाद्वारा ३६ जनाको उद्धार

काठमाडौं । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजमार्फत हालसम्म जम्मा ३६ जनाको सकुशल उद्धार गरेको छ। सेनाले सञ्चालन गरेको यस उद्धार अभियान अन्तर्गत जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु तथा १ विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जनालाई सुरक्षित स्थानमा निकालिएको छ। बाढीले सडक सञ्जाल अवरुद्ध पारेको अवस्थामा हवाई र स्थलमार्गबाट तीव्र रूपमा खटिएको सेनाले अन्य सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको नजिकको समन्वयमा प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य निरन्तर जारी राखेको छ।

NECO

Leave Your Comment

Related News