RE
Global College

कांग्रेसमा २ हजार २३१ मत गणना गर्दा उपसभापति र महामन्त्रीका उम्मेदवारले कति कति पाए मत ?

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको शनिबार रातिबाट सुरु गणना जारी छ । कांग्रेस महाधिवेशनमा ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २३१ मत गणना भएको निर्वाचन समितिले जनाएको छ ।  यति मत गन्दा उपसभापति खुला र समावेशी तथा महामन्त्री खुला र महिलामा  उम्मेदवारहरूले ल्याएको मत यस प्रकार छ ।

उपसभापति (खुल्ला-२ जना)
१. गोविन्द भट्टराई – ६०९
२. डा. चन्द्रकान्त भण्डारी – १०५७
३. प्रा. डा. चन्द्रमोहन यादव – १९३
४. दीपक गिरी – ३०१
५. धनराज गुरुङ्ग – ४०६
६. ई. मधु आचार्य – ७१२
७. सुरेन्द्रराज पाण्डे – ६८०

उपसभापति (समावेशी-१ जना)
१. जीवन परियार – ५७८
२. फरमुल्लाह मन्सुर -२८५
३. विनोद कुमार चौधरी – ६१५
४. रञ्जित कर्ण -१८३
५. सीता गुरुङ्ग – ३३४

महामन्त्री (खुल्ला- २ जना )
१. अमरसिंह पुन – ६९५
२. उदय शम्शेर राणा – ७८६
३. गुरुराज घिमिरे – ३२८
४. नैनसिंह महर – २७०
५. प्रदीप पौडेल – १३८१
६. शंकर तिवारी – ४६
७. डा. सन्तोष उपाध्याय – २८
८. डा. सुनिल कुमार शर्मा – ५२६

महामन्त्री (महिला-१ जना)
१. डा. डिला संग्रौला (पन्त)- ९६५
२. महालक्ष्मी उपाध्याय (डिना) – ९५२
३. रिता खनाल – २५१

NECO

Leave Your Comment

Related News