RE
Global College

नेपथ्य कन्सर्टमा सार्वजनिक भयो टीभीएस एनटोर्क १५०

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा TVS NTORQ 150 सार्वजनिक गरेको छ । कम्पनीले शनिबार कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल ग्राउन्डमा आयोजित ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ कन्सर्टमा स्कुटर सार्वजनिक गरेको हो ।स्कुटरको अनावरण जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा गरेका थिए । सोही अवसरमा कम्पनीले स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको जानकारी दिएको छ ।

कार्यक्रममा स्कुटरका विशेषता प्रस्तुत गर्नुका साथै लोमान्थाङसम्मको यात्रालाई समेटिएको भिडियो प्रदर्शन गरिएको थियो । त्यसपछि आकर्षक दृश्य प्रभावसहित स्कुटर सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत मिश्रले नयाँ स्कुटरले नेपाली बजारमा पर्फर्मेन्स स्कुटरको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । शक्ति, प्रविधि, सुरक्षा र आकर्षक डिजाइनको संयोजन रहेको स्कुटरले नेपाली राइडरलाई नयाँ अनुभव प्रदान गर्ने उनको भनाइ थियो ।

त्यस्तै, वरिष्ठ मार्केटिङ म्यानेजर पुडासैनीले दैनिक यात्राभन्दा फरक, रोमाञ्चक र प्रविधिमैत्री अनुभव खोज्ने युवालाई लक्षित गरी स्कुटर ल्याइएको बताइन् । शक्तिशाली इन्जिन, राइडिङ मोड, ट्र्याक्सन कन्ट्रोल र एबीएसजस्ता सुविधाले राइडिङलाई थप रोमाञ्चक र सुरक्षित बनाउन सहयोग गर्ने उनले बताइन् ।

१४९.७ सीसी इन्जिन, १३.२ पीएस पावर

TVS NTORQ 150 मा १४९.७ सीसी क्षमताको तीन भल्भयुक्त इन्जिन छ । उक्त इन्जिनले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार स्कुटरले ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा छ ।

स्कुटरमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस, स्ट्रिट र रेस राइडिङ मोड, हाइब्रिड टीएफटी–एलसीडी डिस्प्ले तथा स्मार्ट कनेक्टिभिटीजस्ता सुविधा छन् ।

स्कुटर स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ । ३ लाख ६९ हजार ९०० रुपैयाँ मूल्य तोकिएको यो स्कुटरमार्फत कम्पनीले नेपाली बजारमा शक्तिशाली र आधुनिक प्रविधियुक्त दुईपाङ्ग्रे सवारीसाधनको विकल्प विस्तार गर्न खोजेको छ ।

नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपथ्यको कन्सर्टमा स्कुटर सार्वजनिक गरेको हो । रमाइलो इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित उक्त कार्यक्रममा TVS NTORQ 150 टाइटल स्पोन्सरका रूपमा सहभागी थियो ।

 

NECO

Leave Your Comment

Related News