RE
Global College

रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

काठमाडौं ।  रोहितकुमार पौडेलको शतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो ।

नेपालका रोहितले सर्वाधिक १०१ रनको योगदान गरे । उनले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो तेस्रो शतक हो ।

गुल्सनकुमार झाले ४८, बसिर अहमदले ३० र अर्जुन कमालले २३ रन जोडे । रोहितले छैटौँ विकेटका निम्ति गुल्सनसँग ८२ रनको साझेदारी गरे । उनले चौथो विकेटका निम्ति बसिरसँग ७७ रनको साझेदारी गरेका थिए ।

क्यानडाका अखिल कुमारले चार, सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट लिए ।

NECO

Leave Your Comment

Related News