RE
Global College

मञ्जुश्री फाइनान्सको १ लाख बढी कित्ता संस्थापक सेयर विक्रीमा

काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक सेयरधनी नुमनाथ पौडेलको नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता सेयर विक्री गर्न लागेको हो । सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त सेयर विक्रीको आह्वान गरेको हो । उक्त सेयर खरीदका लागि सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयर कित्ताको व्योहोरा खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्ने जनाएको छ ।

NECO

Leave Your Comment

Related News