RE
Global College

बुढीगण्डकीको बाढीले विकास हाइड्रोपावरको प्रसारण लाइनमा क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आएको आकस्मिक र भीषण बाढीका कारण विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुगेको छ।

प्रसारण लाइनमा क्षति पुगेपछि उक्त आयोजनाबाट हुने विद्युत् उत्पादन हाल पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ। कम्पनीका प्रबन्ध सञ्चालक कृष्ण प्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचना अनुसार नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), कम्पनी रजिस्ट्रारको कार्यालय, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र विद्युत् नियमन आयोगलाई पत्र पठाउँदै आयोजना पूर्ण रूपमा बन्द भएको औपचारिक जानकारी गराइएको हो।

२०८३ असोज २५ गते बिहान आएको बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याए पनि हालसम्म क्षतिको यकिन विवरण भने प्राप्त हुन सकेको छैन। प्रसारण लाइनमा भएको क्षतिको वास्तविक अवस्था, मर्मतसम्भारमा लाग्ने समय र आयोजना पुनः सञ्चालनमा ल्याउन सकिने निश्चित समयबारे अहिल्यै भन्न सकिने अवस्था नरहेको कम्पनीले उल्लेख गरेको छ। यसका कारण आयोजना सञ्चालन अनिश्चितकालका लागि प्रभावित बनेको छ।

दसैँ पर्व नजिकिँदै गरेको अवस्थामा आवश्यक जनशक्ति परिचालन, निर्माण तथा मर्मत सामग्रीको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनरुत्थान गरी विद्युत् उत्पादन पुनः सुरु गर्ने कार्य निकै चुनौतीपूर्ण हुने देखिएको छ। यद्यपि, क्षतिको विस्तृत मूल्याङ्कन गरी यथाशीघ्र आवश्यक मर्मत तथा आयोजना पुनः सञ्चालनका लागि पहल गरिने कम्पनीले प्रतिबद्धता जनाएको छ।

NECO

Leave Your Comment

Related News