RE
Global College

२० प्रतिशत बोनस पारित गर्दै गरिमा विकास बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पेस भएका सम्पूर्ण प्रस्तावहरू पारित गरेको छ ।

उक्त साधारणसभाबाट विकास बैंकको आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात, आ.व. २०८२/८३ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने तथा आ.व.२०८३/८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायत प्रस्तावहरू पारित भएका छन् ।

हाल विकास बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ र पैसा २२ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरणपश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ र पैसा ९४ पुग्नेछ ।

NECO

Leave Your Comment

Related News