काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत वितरणको कामलाई तीव्र पारेको छ। असोज २६ गते नेपाली सेनाका ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको विशेष फौजले विभिन्न स्थानबाट ३२१ जना बाढी प्रभावितलाई सुरक्षित स्थानमा सकुशल उद्धार गरी पुर्याएको छ।
बाढीका कारण जनजीवन कष्टकर बनेको र आवागमन अवरुद्ध भएको क्षेत्रमा उद्धार कार्यसँगै राहत वितरणलाई पनि प्राथमिकता दिइएको छ। सोही क्रममा प्रभावित क्षेत्रका लागि काठमाडौँबाट ६ हजार १ सय ७० किलोग्राम ९६,१७० के।जी।० खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री वायुसेवामार्फत फिलिम क्षेत्रमा ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ। संकटको यस घडीमा प्रभावितहरूको जीवन रक्षा र राहत पुर्याउन सेनाको उद्धार टोली लगातार खटिरहेको छ।




