काठमाडौं । कुमारी बैंकले ५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ हजार २५४ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरमा इच्छुक संस्थाका संस्थापक सेयरधनीहरुले खरिदका लागि निवेदन दिन सक्नेछन् । यसका लागि ३५ दिनको समय दिइएको छ । तोकिएको अवधिभित्र इच्छुक सर्वसाधारण तथा संस्थाले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्ने छ ।




