RE
Global College

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

काठमाडौं । युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ ९इयु० का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् ।

रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार उक्त अवधिमा युरोपेली सङ्घ ९इयु० का देशहरूमा सो मूल्यको ऊर्जा आपूर्ति गरिएको बताए । उनका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै २१ अर्ब ३० करोड डलरको रुसी हाइड्रोकार्बन खरिद भएको छ । उनले प्रतिबन्धका बाबजुद केही क्षेत्रमा प्राप्त छुटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रुसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने बताए ।

स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनरगार्डले भने रुसबाट ऊर्जा आयातमा भएको खर्च युक्रेनलाई उपलब्ध गराइएको सहयोगभन्दा बढी रहेको बताइन् । युक्रेनमा युद्ध सुरु भएदेखि युरोपेली सङ्घ ९इयु० ले २१८ अर्ब ७० करोड युरो अर्थात् २४४ अर्ब डलर सहयोग दिएको उनले उल्लेख गरिन् । रोक्का गरिएका रुसी सम्पत्ति प्रयोग गर्न सके युक्रेनलाई दिइएको सहयोग झन्डै दोब्बर बनाउन सकिने उनको भनाइ थियो ।

युरोपेली सङ्घ ९इयु० ले रुसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्सलगायतका देशले तरलीकृत प्राकृतिक ग्यास ९एलएनजी० आयात गरिरहेका छन् । स्लोभाकिया र हङ्गेरीले पाइपलाइनबाट आउने रुसी तेल खरिदमा छुट पाएका छन् । भारत र टर्कीजस्ता देशमा प्रशोधन गरी युरोप पुर्‍याइने रुसी उत्पादन भने प्रत्यक्ष आयातको आँकडामा समावेश छैन । यी देश र चीनले सन् २०२२ देखि रुसी कच्चा तेलको खरिद बढाएका छन् ।

यसैबीच, रुसी डिजेल आयात गर्न अमेरिकालाई अनुमति दिने सम्झौताको युरोपेली देशहरूले आलोचना गरेका छन् ।

NECO

Leave Your Comment

Related News