RE
Global College

नेप्से २६ सय नजिक, कारोबार पौने ५ अर्ब रुपैयाँ

काठमाडौं । मंगलबार  नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५१ वटा कम्पनीको १ करोड ३५ लाख ५६ हजार ९७ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम  २७ करोड १७ लाख रुपैयाँले बढेको छ। सोमबार कारोबार रकम ४ अर्ब ४६ करोड५२ लाख रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.५० अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले बढेको छ।यस दिन ५ सबै उप समूह बढेका छन्  भने ८ उप समूह घटेका छन् । बैंकिङ ०.६९ प्रतिशत,विकास बैंक ०.०५, लगानी ०.१३, जीवन बीमा १.७७, निर्जीवन बीमा ०.१८, प्रतिशतले बढेका छन्।वत्त ०.३१, होटल्स तथा पर्यटन समूह ०.५८, जलविद्युत ०.४४, उत्पादन र प्रशोधन ०.४०, लघुवित्त ०.०९, म्युअुचल फण्ड ०.१० अन्य समूह ०.५२ र व्यापार समूह ०.४० प्रतिशतले घटेको छ ।

सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १२.४४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, माउन्टेन इनर्जीको करिब २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ। माउन्टेन इनर्जीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

NECO

Leave Your Comment

Related News