RE
Global College

विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.०२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । घोषित लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (करसहित) रहेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १८ गते, बुधबार, अनमोल बेन्क्वीट, शंखमुल, काठमाडौँमा १० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ ।

कम्पनीले लाभांश वितरण पश्चता शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, साधारण सेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

NECO

Leave Your Comment

Related News