काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेर दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ४८ हजार २ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३६४८ रुपैयाँ कायम भएको छ ।





