RE
Global College

दसैँका अवसरमा काभ्रेमा टिपर सञ्चालनमा रोक

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा बडादसैँका अवसरमा असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभर टिपर सञ्चालन नगर्न अनुरोध गरेको हो ।

जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार उक्त अवधिमा टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए ।

दसैँका बेला बीपी राजमार्ग, अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

टिपर सञ्चालनमा रोक लगाउँदा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

 

NECO

Leave Your Comment

Related News