RE
Global College

सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गर्ने एक जना पक्राऊ

काठमाडौं । सामाजिक सञ्जालमा हिंसा फैलाउन उक्साउने, व्यक्तिको मर्यादामा आँच आउने गरी गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गर्ने र धम्की दिने किसिमका फोटो तथा भिडियो पोस्ट गरेको आरोपमा धनुषाबाट एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनिया गाउँपालिका–१ बस्ने क्रिमिनल नामले चिनिने २० वर्षीय राज यादवलाई असोज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१ बाट नियन्त्रणमा लिइएको हो।

उनले सामाजिक सञ्जाल टिकटकमा हिंसा फैलाउन उक्साउने, विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने र धम्की दिने किसिमका भिडियो पोस्ट गरेको प्रहरीको भनाइ छ।

यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उक्साउने, विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गर्ने र धम्की दिने किसिमका फोटो तथा भिडियो पोस्ट गरेको आरोपमा पक्राऊ परेका अन्य चार जनामाथि पनि अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

NECO

Leave Your Comment

Related News