RE
Global College

हिमालयन हाईड्रोपावरको १९ औँ एजीएम कात्तिक १९ गते

काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा (एजीए) आह्वान गरेको छ । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १९ गतेका लागि १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

उक्त सभा होटेल पोरखा ग्राण्ड विरौटा पोखरामा कात्तिक १९ गते बिहान ११ बजेदेखि सुरु हुने छ । साभारणसभाले सञ्चालक समितिको १९ औं वार्षिक प्रतिवेदन माथि छलफल गरि अनुमोदन गर्ने छ । त्यस्तै आ.व.२०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाव खाता सहितको लेखापरीक्षण प्रतिवेदन छलफल गरि अनुमोदन गर्ने छ ।

त्यस्तै आ.व. २०८३/०८४ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनिको नियम २९ अनुसार स्वतन्त्र व्यवसायिक सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै विशेष प्रस्तावहरुमा हकप्रद सेयर निष्काशन गर्दा कम्पनीबाट प्रस्तावित ३ महले अनुसार हक हस्तान्तरण सम्बन्धमा, नियमावली संशोधन सम्बन्धमा, कम्पनीको प्रस्तावित नियमावली संशोधनमा नियमन निकायबाट कुनै निर्देशन वा सुझाव दिएमा सोही अनुसार समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

NECO

Leave Your Comment

Related News