काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत् राखेको जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी अहिलेकै भाउलाई यथावत् राख्ने निर्णय भएको हो ।
अहिले काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २०० रुपैयाँ पर्छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत राखिएको छ ।





