RE
Global College

रसुवागढी हाइड्रोले बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई दियो ५ लाख रुपैयाँ राहत

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

कम्पनीले २०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित भएका कर्मचारीका परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णयअनुसार हालसम्म ५३ जना कर्मचारीका परिवारलाई राहत रकम उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका अनुसार बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको हो । हालसम्म प्राप्त कागजातका आधारमा वेपत्ता तथा मृतक गरी जम्मा ५३ जना कर्मचारीमध्ये ४७ जना कर्मचारीका परिवार तथा आफन्तलाई प्रति परिवार ५ लाख रुपैयाँका दरले कुल २ करोड ३५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

बाँकी प्रभावित परिवारलाई आवश्यक कागजात प्राप्त भएपछि नियमानुसार राहत रकम उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

रसुवाको टिमुरेमा अवस्थित रसुवागढी जलविद्युत् आयोजनाको स्रोत नदी भोटेकोशीमा आएको बाढीले आयोजनाका अधिकांश संरचनामा क्षति पुर्‍याएको थियो । बाढीका कारण आयोजनामा कार्यरत नियमित करार सेवातर्फका ५० जना र दैनिक ज्यालादारीतर्फका दुई जना गरी ५२ जना कर्मचारी बेपत्ता भएको कम्पनीको विवरणमा उल्लेख छ । तीमध्ये एक जना कर्मचारीको शव पहिचान भएको जनाइएको छ ।

NECO

Leave Your Comment

Related News