RE
Global College

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

काठमाडौं । नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल र टिसिएम स्पोर्ट्स मार्केटिङबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौताबमोजिम नियोफिन हायर पर्चेज आगामी ३ वर्षका लागि नेपाल प्रिमियर लिगअन्तर्गत सञ्चालन हुने Twenty20 क्रिकेट प्रतियोगिताको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बनेको छ।

सम्झौताअनुसार प्रत्येक सिजनको प्रतियोगिता अवधिभर सबैभन्दा बढी रन बनाउने ब्याटरलाई २ लाख नगद पुरस्कार राशीसहित नियोफिन लोगो अंकित क्याप प्रदान गरिनेछ।

नेपाल प्रिमियर लिगको तेस्रो सिजको T20 क्रिकेट प्रतियोगिता २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा आयोजना हुनेछ।

सम्झौताबारे प्रतिक्रिया दिँदै नियोफिन हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद तिम्सिनाले भने, ‘नेपालमा क्रिकेट सबै उमेरसमूहका बीचमा अत्यन्त लोकप्रिय खेलकुदका रूपमा स्थापित भइसकेको छ। नेपाल प्रिमियर लिगजस्तो प्रतिष्ठित प्रतियोगितासँग साझेदारी गर्न पाउँदा हामी गौरवान्वित छौं। सबैभन्दा बढी रन बनाउने ब्याटरलाई प्रदान गरिने नियोफिन क्याप उत्कृष्टता, निरन्तरता र लगनशीलताको प्रतीक हुनेछ। यो साझेदारीले खेलकुद क्षेत्रको विकासमा योगदान पुऱ्याउने हाम्रो प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ।’

क्रिकेट एसोसिएसन अफ नेपाल तथा टिसिएम स्पोर्ट्स मार्केटिङले पनि यस साझेदारीले प्रतियोगिताको स्तरवृद्धि तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

नियोफिन हायर पर्चेज प्रा.लि.का बारेमा

नियोफिन हायर पर्चेज प्रा.लि. नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कारोबार गर्ने गैरबैंकिङ वित्तीय संस्था हो। यो केडिया अर्गनाइजेसनअन्तर्गत सञ्चालित छ। यसअघि बतास हायर पर्चेज प्रा.लि.का नामबाट सञ्चालन हुँदै आएको कम्पनीले नयाँ ब्रान्ड पहिचानसहित नियोफिनका रूपमा आफ्नो सेवा विस्तार गरेको हो।

कम्पनीले काठमाडौं र पोखरास्थित शाखा कार्यालयहरूमार्फत ग्राहकलाई सरल, पारदर्शी र भरपर्दो वित्तीय सेवा प्रदान गर्दै आएको छ।

NECO

Leave Your Comment

Related News