काठमाडौं । दशैंको सार्वजनिक बिदा पछि खुलुेको पहिलो दिन शेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ४ अंकले घटेर २६२९.८२ विन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स २.१७ अंकले घटेर ४७५.७७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५३ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.४१ अंककले घटेको हो ।
सोमबार ३४१ वटा कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब २४ लाख पुगेको छ । जुन शुक्रबारको तुलनामा ८८ लाखले कम हो । शुक्रबार ३४८ वटा कमपनीको १ करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ४ अर्ब ८८ करोड पुगेको थियो ।
यसदिन सबै ३ वटा उपसमूह बढ्दा ९ वटा उपसमूह घटेको छ । जलविद्युत ९, उत्पादन र प्रशोधन ११० र व्यापार ३६ अंकले बढ्दा बैंकिङ ८, विकास बैंक ६७, वित्त ८, होटल र पर्यटन ३४, लगानी ०.२९, जीवन बीमा ५३, लघुवित्त १५ , निर्जिवन बीमा ६२ र अन्य समूह ६ अंकले घटेको हो । म्युअुचल फण्डन भने स्थिर रह्यो ।
यसदिन ९९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ
आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ५ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । सोनापुरका लगानकिर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।




