RE
Global College

एनपीएल: टस जितेर विराटनगरले पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजविरुद्ध हुँदै छ । त्रिवि मैदानमा अहिले केही समयपछि सुरु हुने खेलमा विराटनगरले पहिला बलिङ गर्ने भएको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् । टस हारेपछि चितवनले पहिले ब्याटिङ गर्नेछ । चितवनका कप्तान बोपाराले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं ।’

आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । सोमबार भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

आज दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।

NECO

Leave Your Comment

Related News