Global College

आर्य फर्मास्युटिकल्स र क्यानबीच तीन वर्षे स्वास्थ्य साझेदारी

काठमाडौं । आर्य फर्मास्युटिकल्सले स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल क्रिकेट संघ ९क्यान० सँग नेपाल प्रिमियर लिग ९एनपीएल० को स्वास्थ्य साझेदारका रूपमा तीन वर्षे सहकार्य गर्ने सम्झौता गरेको छ। सम्झौताको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्य बीचको सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तर दायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै एनपीएलमार्फत आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ। सहकार्यअन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फर्मास्युटिकल्सले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ। यस्ता गतिविधिले खेल हेर्न आउने दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यसैक्रममा कम्पनीले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेलभावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ मार्फत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ। साथै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हटबिट मुमेन्ट अफ द म्याच’ प्रदान गरिनेछ।

यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ। स्थापनाको ३०औँ वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई कम्पनीले आफ्नो यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। लोकप्रिय खेल क्रिकेटसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्‍याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

NECO

Leave Your Comment

Related News