काठमाडौं ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (PDMO), आन्तरिक ऋण शाखाले १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ९ अर्वको सरकारले १८२ दिन को लागि र ५ अर्वको ३६५ दिनको लागि यो ट्रेजरी बिल निष्कासन गर्न लागेको हो। ट्रेजरी बिलमा आवेदन दिने २०८३ कात्तिक १६ गते (सोमबार, बिहान ९:०० बजेदेखि दिउँसो २:०० बजेसम्म समय रहेको छ । यो ट्रेजरी बिल कार्तिक १७ गते मंगलबारबाट सुरु हुनेछ
जारी गर्न लागिएको ट्रेजरी बिलमा ९ अर्व नवीकरण र ५ अर्ब नयाँ रहेको छ ।१८२ दिनको ट्रेजरी बिल ९०० करोडको परिपक्वता मिति २०८४ साल वैशाख २१ गतेलाइ तोकिएको छ ३६४ दिनको ५०० करोड रुपैयाँ यसको परिपक्वता २०८४ साल कात्तिक १७ गतेलाइ तिकिएको छ ।
ट्रेजरी बिलमा कुल निष्कासन रकमको १५ प्रतिशत गैर-प्रतिस्पर्धी बोलकबोलकर्ताहरूका लागि सुरक्षित गरिएको छ। यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेक अन्य सहभागी हुन सक्नेछन्।
ट्रेजरी बिलको बोलकोलमा भाग लिने बैंक तथा बित्तिय संस्था बाहेक खरिद कर्ताले कुल बोलकबोल रकमको २.५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकको खातामा कात्तिक १६ गते दिउँसो २:०० बजेभित्र जम्मा गर्नु सुचनामा उल्लेख छ



