Global College

सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियामक निकायप्रति आभार व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकका सेवा थप स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि घोषणा गरेको छ। हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बैंकले जनाएको छ। शिविरमा प्रसूति रोग विशेषज्ञमार्फत सेवा उपलब्ध गराइनेछ।

त्यस्तै, सिमकोट–२ स्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोसाक र स्टेसनरी सामग्री उपलब्ध गराइने भएको छ। रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट प्रदान गर्ने बैंकले घोषणा गरेको छ।

बैंकले पाँच र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई वार्षिकोत्सवका अवसरमा मायाको चिनो प्रदान गरेको छ।

बैंकका अनुसार हाल देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा दिँदै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार गर्ने बैंकले जनाएको छ।

NECO

Leave Your Comment

Related News