काठमाडौं । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा संखुवासभा जिल्लाको तासी गाउँमा सबैभन्दा धेरै वर्षा भएको छ।
मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा संखुवासभा जिल्लाको तासी गाउँ मौसम मापन केन्द्रमा २८.२ मिलिमिटर मापन भएको छ।
हाल काेशी र बागमती प्रदेशका केही स्थानमा तथा मधेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ। यद्यपी वर्षा तथा हिमपात हुने क्रममा उल्लेखनीय रुपमा कमी भएको छ ।
हाल अर्नब चक्रवातको अवशेष न्यून चापीय क्षेत्रका रूपमा पश्चिम नेपाल नजिक रहेको र अपरान्हसम्म यसको असर नेपालमा देखिने तथा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ। साथै माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ।



