Global College

अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

बाँके। बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। आइतबार बिबाहन ५ बजेर ४० मिनेटमा कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो।

आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्।

घाइते हुनेहरुमा बाँके जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार, सोही ठाउँमा २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५वर्षीय लक्ष्मीराम यादव रहेका छन्। उनीहरुमध्ये २ जनाको अवस्था मध्यम छ भने ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै घाइते हुनेहरुमा भारतको बहराइचस्थित कठौतिया बस्ने २९ वर्षीय राजकुमार निषाद, सोही ठाउँका २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद रहेका छन्। उनीहरु तीनै जनाको अवस्था सामान्य रहेको छ।

घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा थप उपचारका लागि दुई जनालाई भारतको लखनउ रिफर गरिएको छ।

NECO

Leave Your Comment

Related News