Global College

प्रधानमन्त्रीका सल्लाहकार बेनको व्यंग्यात्मक टिप्पणी : २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो

काठमाडौं । पत्रकारहरूमाथि प्रहरीले गरेको धरपकडको विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार अर्थात् ‘कुमार बेन’ ले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्।

गत शुक्रबार प्रहरीले पत्रकारहरूमाथि गरेको धरपकडपछि सरकारको भूमिकामाथि प्रश्न उठ्दै आएको छ। सरकारकै निर्देशनमा पत्रकारहरू पक्राउ गरिएको भन्दै विभिन्न सञ्चारकर्मी तथा सरोकारवालाले विरोध जनाएका छन्।

प्रहरीलाई सुरुमा पक्राउ गर्न निर्देशन दिने र विरोध भएपछि पत्रकारहरूलाई रिहा गर्न तथा थप धरपकड नगर्न आदेश दिने दोहोरो व्यवहार देखाएको भन्दै सरकारको आलोचना भइरहेको छ।

यसैबीच, नयाँ पत्रिका दैनिकले आइतबार प्रधानमन्त्री सचिवालयले २८ जना पत्रकारको सूची उपलब्ध गराएर उनीहरूलाई पक्राउ गर्न निर्देशन दिएको दाबीसहित समाचार प्रकाशित गरेको छ। उक्त समाचारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनकै योजनामा पत्रकारहरूमाथि धरपकड गरिएको दाबी गरिएको छ।

उक्त समाचारप्रति प्रतिक्रिया दिँदै बेनले आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा व्यंग्यात्मक टिप्पणी गरेका हुन्।

उनले २० जना पत्रकारलाई मेन्सन गर्दै लेखेका छन्, ‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो।’

पत्रकार पक्राउ प्रकरण र २८ जनाको सूचीसम्बन्धी समाचार सार्वजनिक भएपछि सरकारको पत्रकार तथा सञ्चारमाध्यमप्रतिको व्यवहारबारे बहस थप चर्किएको छ।

यो २८ जना पत्रकारमा को को पर्या हो । २८ मा नपर्ने नि के पत्रकार भन्नू हैन साथी हो ।
NECO

Leave Your Comment

Related News